बेलायतमा सुरक्षाका लागि घरका छतमा मिसाइल राखिने

लण्डन, 
वैशाख १७ (एजेन्सी)-लण्डनमा यसै वर्ष हुने ओलम्पिक खेलका क्रममा सुरक्षाका लागि सतहबाट हावामा लक्ष्य बनाउन सक्ने मिसाइललाई तैनाथ गर्ने स्थानको खोजी भइरहेको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ।

ति मिसाइललाई घरका छतमा लगाइन सक्ने सम्भावना पनि रहेको छ। पूर्वी लण्डनका बासिन्दालाई एउटा पर्चा प्राप्त भएको छ। जसमा खेलका क्रममा घर घरमा सेनालाई तैनाथ गरिन सक्ने उल्लेख छ।

ति क्षेत्रका पानी टंकीको माथि एयर डिफेन्स सिस्टम लगाइन सक्ने बताइएको छ। खेलका क्रममा जमिनमा रहने वायु रक्षा प्रणालीलाई परिचालन गर्ने वा नगर्ने सम्बन्धमा भने कुनै निर्णय भइसकेको छैन।

No comments:

Post a Comment